यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

लोकपथ
39
Shares

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ५०, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

बजारमा आज गाजर प्रतिकेजी १३०, मूला सेतो लोकल ९०, घिउ सिमी लोकल ६०, भन्टा लाम्चो ४०, मकै बोडी ८०, भटमासकोशा १००, तितो करेला ८०, लौका ३०, परवल लोकल ४०, हरियो फर्सी ४०, घिरौँला ४० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।

त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३४०, कन्य च्याउ १८०, कुरीलो ४५०, ब्रोकाउली  ३००, भिण्डी ३०, रायो साग ९०, तोरीको साग ५०, हरियो प्याज १५०, काँक्रो लोकल १२० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ ।

फफूलमा आज केरा दर्जनको १५०, फूजी स्याउ ३२०, अनार ३५०, अंगुर कालो ४५०, तरबुजा ५०, मौसम १५०, लोकल नासपाती ८०, भारतीय मेवा १००, आभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?