प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक हुन्छ : नेता पौडेल 

लोकपथ
70
Shares
काठमाडौं । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्रीको आसन्न चीन भ्रमण ऐतिहासिक हुने विश्वास व्यक्त गरेका छन् ।
आज प्रतिनिधि सभाको बैठक पछि उनले देशको राष्ट्रियतालाई ध्यानमा राखेर छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुलाई पनि सन्तुलित सम्बन्धमा राख्न चीन भ्रमण महत्वपूर्ण हुने दाबी गरे ।
उनले भने, ‘हाम्रो देशको राष्ट्रियतालाई पनि ख्यालमा राख्दै अरु छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुलाई पनि सन्तुलित सम्बन्धमा राख्नको लागि चिनियाँ पक्षसँग यसपालिको भ्रमणको बेला महत्वपूर्ण विषयमा छलफल हुनेछ । खासगरी व्यापार, दुई देशबीचका साझेदारी सम्बन्ध गम्भीर छलफल भएर निर्णय हुने देखिन्छ ।’
उनले चीनसँगको सम्बन्ध पारस्पारीक, मैत्रीपूर्ण, सुमधुर, व्यवस्थित र देशको राष्ट्रियता र सार्वभौमिकतामा आँच नपुग्ने प्रकृतिको हुन आवश्यक भएको बताए ।
चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा केही क्षेत्रका नाकाहरु खोल्ने, व्यापारसँग सम्बन्धित विषय, ठूला ठूला परियोजनाका बारेमा २० बुदेँ हस्ताक्षर भएको भन्दै चीनले नेपाललाई स्थल, जल र मनबाट संसारका मानव जातिबीच सम्बन्ध विस्तार गर्ने ढोकाको रुपमा बुझेको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?