काठमाडौं । ओखलढुंगामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडा बस्ने ३० वर्षीय चन्द्र बहादुर विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विकले ती किशोरीलाई भदौ १९ गते आफ्नै घर गोदामभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया