प्रधानमन्त्री र चिनीयाँ राष्ट्रपति शीबीचको भेट हाङजाओमा हुने

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, चिनियाँ राष्ट्रपति शी जिनपिङसंग हाङजाओमै भेटवार्ता गर्ने तय भएको जानकारी दिएका छन् ।

आफ्नो आसन्न चीन भ्रमणबारे संसदलाई जानकारी दिँदै उनले चिनियाँ राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता हुने जानकारी दिएका हुन् ।

२५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको उनले सदनलाई जानकारी गराए ।

लगतै १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालले जानकारी दिए ।

आफ्नो प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?