१२ आश्विन २०८०, शुक्रवार

दीपक-दीपाश्रीको ‘आईएनआई सिनेमा हल’ आजदेखि सञ्चालनमा

२०८०,भाद्र,२९,शुक्रवार १२:१७

288
Shares

काठमाडौं । कलाकार तथा निर्देशक दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको आईएनआई सिनेमा हल आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार कार्यक्रम आयोजना गरी हल सञ्चालनमा ल्याइएको जानकारी दिइएको हो ।

कार्यक्रममा दीपकराज गिरीले निर्माता र प्रदर्शकमा फरक भएको बताए । उनले भने,‘यो निकै गाह्रो कुरा हो । सिनेमा निर्माण र प्रदर्शनको व्यापार एउटै भए पनि गर्न कठिन छ । निर्माता र प्रदर्शक फरक कुरा हो ।’ कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एकजना कलाकारले मिहिनेत गर्यो भने सिनेमा हलको मालिक पनि हुन सक्ने रहेछ भन्ने सन्देश प्रवाह भएको बताए ।

उनले भने, ‘यो सबै चलचित्रमकीहरुको लागि एकदम राम्रो सन्देश हो र व्यवसायीहरुका लागि पनि राम्रो सन्देश हो । आउने दिनमा चलचित्र क्षेत्रमा आएको आर्थिक समस्या विस्तारै सुध्रिएर जानेछ ।’

पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपक र दीपाश्री एवं उनीहरुको समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्यााएका हुन् ।

दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट छन् । निर्माण लागत करिब १० करोड रहेको दीपकले बताए । सिनेमा हलमा दीपकसँगै दीपाश्री, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभात रिमालको कम्पनीको लगानी छ ।

 

प्रकाशित मिति: २०८०,भाद्र,२९,शुक्रवार १२:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को छायाकंन सुरु गरिएको छ ।केही दिन अघि मुस्ताङ

काठमाडौं । हामीले भिडियो गेममा प्रथम पुरुष (वा भनौं आफ्नो आँखाले जे देखेको छ त्यही) र तृतीय पुरुष (वा भनौं

काठमाडौं । नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य

काठमाडौं । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को भन्ने नाराका साथ ‘एनआरएन द सिंगर’ आजदेखि प्रसारण हुने भएको छ

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८