सिआइबीले भन्यो– ‘सुन तस्करी प्रकरणमा सहसचिव अधिकारीको संलग्नता देखिएन’

लोकपथ
231
Shares

काठमाडौं । विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुन तस्करी प्रकरणमा सहसचिव झलकराम अधिकारीको कुनै संलग्नता नदेखिएको केन्द्रीय अनुसन्धान ब्यूरा (सिआइबी) ले जनाएको छ ।

ब्यूराले अधिकारीको कुनै कनेक्सन नदेखिएको भन्दै ५० जनालाई प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ ।

ब्यूरोका अनुसार उक्त प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् भने अझै १८ जना फरार रहेका छन् । जसमा भन्सार कार्यालयका ८ जना कर्मचारी समेत परेका छन् ।

भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक १ जना, कम्पनी खोल्ने १ जना, कम्पनी खडा गर्ने र मालवस्तु व्यवस्थापक २ जना र सुनको कारोबारमा संलग्न ११ जना पक्राउ परेका छन् । यी सबैगरी ३२ जना पक्राउ परेको र अन्य १८ जना फरार रहेका छन् ।

त्यस्तै सुन तस्करी प्रकरणमा मुख्य दोषी देखिएको रेडी ट्रेडले विभिन्न समयमा ३०२ केजी सुन नेपाल भित्र्याएको प्रारम्भिक तथ्य सार्वजनिक भएको छ । ब्यूराले रेडी ट्रेडसहित ७ कम्पनीविरुद्ध ३ अर्ब ५० करोड बढी बिगो कायम गरी जिल्ला अदालत काठमाडौंलाई राय दिएको छ ।

सुन तस्करी प्रकरणमा जोडिएको आरोपछि भन्सार विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारीलाई भदौ ४ गते गृहमन्त्रालयमा तानिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?