खेलकुद पत्रकार मञ्चद्वारा खेलकुद पत्रकार बोगटीसहित २ जना सम्मानित

लोकपथ
42
Shares

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले अग्रज खेलकुद प त्रकार मुकुन्द बोगटीलाई सम्मान गरेको छ ।

बुधबार एनएसजेएफले एनएसजेएफ पत्रकारिता पुरस्कारबाट बोगटीलाई सम्मान गरेको हो ।

मञ्चको २८औँ स्थापना दिवसको अवसरमा बुधबार नक्सालस्थित होटल क्राउन प्लाजामा एक कार्यक्रमकाबीच बोगटीलाई सम्मान गरिएको हो ।

सोही समारोहमा सुमन बम्जन युवा पत्रकारिता पुरस्कारबाट रमेश सुवेदी सम्मानित भएका छन् ।

मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेल पत्रकारलाई सम्मान गर्दै आएको छ । सोही अनुसार मञ्चले स्थापना दिवसका अवसरमा बुधबार मञ्चका संस्थापक कोषाध्यक्ष समेत रहेका बोगटीलाई नगद २५ हजार नगर र सुवेदीलाई एक थान ल्यापटप, पुष्पगुच्छा र दोसल्ला ओडाएर सम्मान गरेको हो ।

उनीहरूलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघ(एन्फा) का महासचिव किरण राई र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलगायतले सम्मान गरेका थिए।

अवार्डबाट सम्मानित बोगटीले अग्रजको योगदान स्मरण गर्दै मञ्चले गरेको सम्मानप्रति आभार प्रकट गर े। साथै, उनले आजभन्दा २८ वर्षअगाडि आफू १९ वर्षको उमेर हुँदा खेलकुद पत्रकार मञ्चको स्थापना गरिएको स्मरण गर्दै अहिले मञ्चको वृद्धि विकासप्रति पनि खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?