काठमाडौं । हेटौंडामा चिकित्सकमाथि हातपात गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सञ्चो हस्पिटलका चिकित्सकलाई हातपात गर्ने रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।
चिकित्सकमाथि हातपात गरेको भिडियो नै सामाजिक सञ्जालमा बाहिरिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
बुधबार हेटौंडाको सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि बिरामी हेरिरहेकै समयमा आक्रमण भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया