काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै “मेमोरिज वीथ फादर सेयर द ज्योए” नामक अफर सार्वजनिक गरेको छ ।
भदौ २६ देखी भदौ २८ गते सम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने “बुवाको मुख हेर्ने दिन” सम्बन्धित पोस्टमा आफु र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र बाबा र आमा पनि राखेर पोस्ट गर्नुपर्नेछ ।
सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृट(रोमान्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र विजेताहरूलाई ह्युमन फिटको पाँच हजार रुपैंयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने आईएमईले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया