काठमाडौं । महाकाली नदीमा हामफालेर दार्चुलाका ज्ञानेन्द्र भुल बेपत्ता भएका छन् ।
मंगलबार बिहान भुल नेपाल–भारत जोड्ने खलङ्गास्थित महाकाली नदीको पुलबाट हाम फालेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले लोकपथलाई दिएको जानकारी अनुसार अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोली खोजिरहेको छ ।
उनका अनुसार उनले मादक पदार्थ सेवन गरेको र श्रीमतीसँग समेत झगडा गरेको भन्ने खबर आएको बताइन् ।
‘उहाँले मादकपदार्थ सेवन गरेको र श्रीमतीसँग समेत झैझगडा गरेको भन्ने जानकारी आएको छ । परिवारले दिएको जानकारी अनुसार उहाँमा मानसिक समस्या समेत रहेको भन्ने खबर आएको छ ।’ प्रमुख जोशीले भनिन् ।
उनी श्रीमतीसहित सो ठाउँमा पुगेका थिए । र उनी भारत जान लागेपछि सीमानामा खटिएको भारतीय एसएसबीले उनीसँग परिचय खुल्ने कागजपत्र समेत मागेको थियो । तर उनीसँग केही पनि नभएपछि त्यहाँबाट फर्काइदिएको र केही समयपछि उनी हामफालेको उनले बताइन् ।
महाकाली नदीमा पानीको बहाब उच्च रहेका कारण अहिले खोजी गर्न समेत कठिन भइरहेको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया