२ वर्षदेखि चोरीको मोटरसाइकल चढ्दै वरिष्ठ सइ महतरा

लोकपथ
1k
Shares

काठमाडौं । नेपाल प्रहरीका एक वरिष्ठ सइ लक्ष्मण महतराले दुई वर्षदेखि चोरीको मोटरसाइकल चढ्ने गरेको पाइएको छ ।

कोशी प्रदेश प्रहरी गण रानी विराटनगरमा लेखापालको रुपमा कार्यरत मतहराले २ वर्षदेखि चोरीको मोटरसाइकल चढ्ने गरेको पाइएपछि छानबिन समिति गठन भइ अनुसन्धान शुरु गरिएको छ ।

उनले चोरीको मोटरसाइकल चढ्ने गरेको पुष्टि भएसँगै त्यसको छानबिनका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा छानबिन समिति समेत गठन गरी अनुसन्धान अघि बढाइएको हो ।

समितिका एक सदस्यले दिएको जानकारी अनुसार उनले १ सय ५० सिसिको प्रदेश नं १–०१–०१३ प ७०२२ नम्बरको मोटरलाइसकल प्रयोग गर्दा आइरहेका थिए । उनको विरुद्धमा गत जेठ १६ गते उजुरी परेको थियो । प्रहरी प्रधान कार्यालयमा ४५६ नम्बरमा उक्त उजुरी दर्ता भएको हो ।

अहिले उक्त मोटरसाइक कोशी प्रदेश कार्यालयमा राखिएको छ ।

उनीमाथि अनुसन्धान गरी समितिले अन्तिम प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सइ महतरा यसअघि इलाका प्रहरी रानी विराटनगरमा लेखापाल रहेका थिए । उनी सरुवा भएर प्रदेश प्रहरी गणमा पुगेका हुन् । इप्रका रानीमा हुँदादेखि उनले चोरीको मोटरसाइकल प्रयोग गर्दै आएको उजुरीमा उल्लेख छ । इप्रका रानीमा लेखापाल रहँदा महतराले तस्करसँग पनि मोटो रकम असुली गर्ने गरेको आरोप लागेको छ । लामो समय रानीमा बस्दा चिनजान भएको तस्करसँग अहिले पनि उनी नियमित सम्पर्क गर्ने र रकम माग्ने गरेको उजुरी पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?