काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले, मुलुकमा सामाजिक सद्भावको अवस्था यो कालखण्डकै सबै भन्दा खराब अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा राप्रपाले, आयोजना गरेको उपत्यका केन्द्रीत विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक सद्भाव र धार्मिक द्वन्द्वको हिसावले देश अहिलेसम्मकै खराब अवस्थमा पुगेको बताए ।
‘सामाजिक सद्भाव यो कालखण्डकै सबभन्दा ठूलो बिथोलिएको अवस्था छ । धार्मिक द्वन्द्वमा छ देश । र, सम्पूर्ण सक्ता, सक्ता रक्षाको लागि जे पनि गर्न तयार भएको अवस्था छ । विदेशीहरुको चाहाना र इच्छा विपरित अथवा उनीहरुको साथ र सहयोग विना नेपालमा चुनाव पनि जित्न सकिदैँन र जितियो भने सरकारमा पुग्न सकिदैँन,सरकारमा पुगियो भने पनि टिक्न सकिदैँन । त्यसैले विदेशीहरुको साथ सहयोग चाहिन्छ । विदेशीहरुको कुरा मान्नै पर्छ भनेर शक्ताको लागि विदेशीको जे कुरा पनि मान्ने एउटम प्रचलनको श्रापमा स्थापित भएको छ । यो भनेको समग्रमा देश हामीले हेर्दाखेरी सामान्य जस्तो देखिए पनि एउटा असामान्य स्थितिबाट गुज्रिराखेको छ,’ लिङ्देनले भने ।
उनले देश बाहिरबाट हेर्दा सामान्य देखिए, पनि असामान्य परिस्थितिबाट गुज्रिएको बताए ।
देश बेरोजगार उत्पादन गर्ने कारखाना मात्रै बनेको उनको भनाई छ ।
उनले भने, ‘देश बेरोजगार उत्पादन गर्ने बारखाना भएको छ । अरबियनको लागि नोकर उत्पादन गर्ने कारखाना बनेको छ । ’
त्यस्तै उनले देशमा शान्ति सुरक्षा र सामाजिक सद्भाव बिथोलिदै गएकोप्रति चिन्ता प्रकट गरे । उनले देश अहिलेको अवस्थामा ल्याउनलाई प्रमुख राजनीतिक दलहरु नै मुख्य जिम्मेवार रहेको टिप्पणी गरे । पछिल्लो समय राष्ट्रिय एकता कमजोर बन्दै गएकोप्रति उनले चिन्ता प्रकट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया