काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको ६० केजी सुन प्रकरणमा पक्राउ परेका ३२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।
आज काठमाडौं जिल्ला अदालतले उनीहरुलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले उनीहरुलाई म्याद थपका लागि अदालत उपस्थित गराएको थियो ।
त्यस्तै ब्यूरोले आजै उनीहरुमाथि गरिएको अनुसन्धान प्रतिवेद सरकारी वकिलकोृ कार्यालयमा बुझाउने तयारी गरेको छ ।
त्यस्तै सिआइबीले पक्राउ परेका ३२ र फरार १८ जना गरी ५० जनालाई मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया