साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड स्थापनाको ६१औँ वर्षमा (भिडियो सहित)

लोकपथ
208
Shares

दशकौंदेखि नेपालमा सहज र सुपथ मूल्यमा खाद्य तथा दैनिक उपभोग्य वस्तु विक्री गरेर देशकै आपूर्ति प्रणालीमा उल्लेख्य सहयोग पुर्‍याइरहेको कर्पोरेशनको आज ६१औँ वार्षिकोत्सव सम्पन्न भएको हो । वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कर्पोरेशनले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको तथा कर्पोरेशनले आफ्नो मूल्य र मान्यतालाई कायम राखेर उपभोक्तालाई सेवा दिइरहेको बताएका थिए  ।

‘प्राकृतिक विपद्का अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेशनले खेलेको भूमिका उल्लेखनीय छ,’ मन्त्री रिजालले भने, ‘नेपाल सरकार आम जनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गरुन् भन्ने चाहन्छ ।’

उनले सरकारले आवश्यकता अनुसार गरेको निर्देशन पालनामा कर्पोरेशनले देखाएको सक्रियतालाई सकारात्मक रुपमा लिएको समेत बताएका थिए  । कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रुपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हर प्रयासले आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको तथा कर्पोरेशनले सेवा र कार्य क्षेत्र विस्तार गर्दै आम उपभोक्ताको घर दैलोमा सेवा पुर्याउन थप पहल गर्नुपर्ने समेत श्रेष्ठले बताएका थिए  ।

समारोहमा बालबालिकाहरुको संरक्षणमा सक्रिय संस्थाहरुलाई बालहितकारी पुरस्कार समेत दिइएको थियो ।

यस्तै, उत्कृष्ट सेवा दिने कर्मचारीहरुलाई प्रशंसापत्र र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोरा/छोरीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?