सुन तस्करी प्रकरण : म्याद थपका लागि ३२ जनालाई अदालत लगियो

लोकपथ
70
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि अदालत लगिएको छ ।

६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनाको यस पछिल्लो पटक पाएको म्याद सकिएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरुलाई म्याद थपका लागि अदालत लगेको हो ।

ब्युरोले आज सरकारी वकिलको कार्यालयमा उक्त प्रकरणको प्रतिवेदन समेत बुझाएको छ

सिआइबीले पक्राउ परेका ३२ जना र फरार भएका १८ गरी कुल ५० जना विरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय राय दिएको छ ।

ब्युरोका अनुसार सुन तस्करीका लागि खोलिएको रेडी ट्रेडले विभिन्न समयमा ३०२ किलो सुन नेपाल भित्राएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?