सातमध्ये पाँचको आर्यघाटमा दाहसंस्कार, यस्तो देखियो पशुपतिको दृश्य

काठमाडौं । बुधवार दिउँसो हेलिकप्टर दुर्घटनामा दिवंगत भएका सात जनामध्ये ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार भएको छ । 

पाथीभरा मन्दिर दर्शन गरेर काठमाडौं फर्कनेक्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा बुधवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाएका उनीहरुको आज एकै समयमा दाहसंस्कार गरिएको हो । 

शुक्रवार बिहान काठमाडौंको टुँडिखेलमा उनीहरुको शव श्रद्धाञ्जलीका लागि राखिएको थियो । 

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा र पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शव उनको निवास लगिएको छ ।

पशुपतिमा नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको दाहसंस्कार गरिएको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?