काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी असोज ४ गते बस्ने भएको छ ।
यसअघि असोज २ गते बस्ने भनिएको बैठकको समय परिवर्तन भएर असोज ४ गते बस्ने तय भएको हो ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकको मिति परिवर्तनबारे विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।
उनका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा पदाधिकारी एवं सदस्यहरुलाई उपस्थित हुन आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया