इको कनेक्सन बचत तथा ऋण सहकारी संस्थाको ४१ औं साधारण सभा सम्पन्न

लोकपथ
42
Shares

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ स्थित नबदुर्गा टोलको प्राङ्गणमा सोमबार बिहान इको कनेक्सन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्सिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाका प्रमुख अथिती कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिमसेन थापाले पानसमा बत्ती प्रज्ज्वलन गरी साधारण सभाको उद्घाटन गरेका थिए । साधारण सभामा सहभागी अतिथिहरुलाई संस्थाका संचालक समिती सदस्य सुचमा थोकर र सेयर सदस्य मोनिका खुलालले खादा र ब्याज बितरण गरेका थिए । त्यस्तै संस्थाका संचालक समिती सदस्य यसोदा थापाले स्वागत मन्तब्य राखेकी थिइन् ।

त्यस्तै बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सिताराम तिमल्सिना, विशिष्ट अतिथीहरु न्यायाधीश पर्शुराम भट्टराई तथा जिल्ला सहकारी संघ काठमाडौंका सचिव बालकुमार बास्तोला, अतिथिहरु नवदुर्गा टोल सुधार समितीका अध्यक्ष गोबिन्दबहादुर भट्टराई, भक्तपुर जिल्लाका सहायक जिल्ला अधिकारी डोेलेन्द्र निरौला, प्रेमनगर महिला सहयोगी संस्थाका अध्यक्ष बाबा बस्नेत, उद्योग बाणिज्य संघ लालबन्दी सर्लाहीका बरिष्ठ उपाध्यक्ष पुर्ण प्रसाद चौलागाईं, समाजसेवी कर्ण कटुवाल, यसै संस्थाका बरिष्ठ सल्लाहकार कृष्णप्रसाद भण्डारी लगाएतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

साधारण सभाको शुभ अवसरमा नियमित बाल बचत गर्ने सिखा रायमाझी, नियमित बचतकर्ता बर्षा खत्री, अवाधिक बचतकर्ता दिनानाथ फुँयाल, असल ऋणि रमेशजी, जेष्ठ नागरिक बचतकर्ता ९३ बर्षिय पदमबहादुर बस्नेत, एकल महिला तथा वृद्ध बचतकर्ताका रुद्रमाया आचार्य, कार्यालयमा रहेका घरधनी रत्नमाया बस्नेतलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

विभिन्न समस्याको कारण संस्थालाई नियमित समय दिन नसक्ने भएपछि संचालक समितिका कोषाध्यक्ष, सदस्य र लेखा समितीका सदस्यहरुले संचालक समितिमा दिएको राजीनामा स्वीकृत गरि साधारण सभाबाट पास भएको थियो । रिक्त स्थानको कोषाध्यक्षमा बिष्णु सुबेदी, सदस्यमा प्रमिला लामा थोकर र लेखा समिती सदस्यमा मोनिका दाहाललाई साधारण सभाबाट सर्बसम्मत रुपमा चयन गरिएको थियो भने कार्यक्रमको संचालन दुर्गा प्रसाद चौलागाईंले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?