१३ आश्विन २०८०, शनिवार

आईफोन १५ सिरिज सार्वजनिक, कति पर्छ मूल्य ?

२०८०,भाद्र,२७,बुधबार १४:०४

1.35k
Shares

काठमाडाैं । एप्पलले आफ्नो बहुप्रतिक्षित आईफोन १५ सिरिज सार्वजनिक गरेको छ । मंगलवार राति एप्पलले आईफोन १५ सिरिज सर्वजनिक गरेको हो ।

आईफोन १५ सिरिज अन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स रहेका छन् ।

क्यामेरामा पनि एप्पलले आईफोन १५ लाई विशेष प्राथमिकता दिएको छ । आईफोन १५ का सबै मोडेलमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा छ । जसले डिफल्ट रूपमा २४ मेगापिक्सेलको सुपर हाइ रेजोलुसन सपोर्ट गर्ने कम्पनीले जनाएको छ । प्रो म्याक्स मोडेलमा फाइभएक्स टेलिफोटो क्यामेरा उपलब्ध छ ।

आईफोन १५ र आईफोन १५ प्लसमा आईफोन १४ को प्रो मोडेलमा प्रयोग गरिएको ए १६ बायोनिक सिप राखिएको छ । एप्पलले यी सबै मोडेलमा कम्पनीले टाइप(सी पोर्ट दिएको छ । जसले यूएसबी टु को तुलनामा २० गुणा तीव्र गतिमा डेटा ट्रान्सफर गर्ने कम्पनीको दाबी छ ।

फोन बजारमा सेप्टेम्बर २२ देखि उपलब्ध हुने कम्पनीले जनाएको छ । १२८ जीबी स्टोरेज भएको आईफोन १५ को बेस मोडेलको सुरुवाती मूल्य ७९९ डलर (करिब एक लाख पाँच हजार रुपैयाँ), १२८ जीबी इन्टर्नल स्टोरेज भएको आईफोन १५ प्लसको सुरुवाती मूल्य ८९९ डलर (करिब एक लाख १९ हजार रुपैयाँ), २५६ जीबी इन्टर्नल स्टोरेज भएको आईफोन १५ प्रोको सुरुवाती मूल्य ९९९ डलर (करिब एक लाख ३२ हजार रुपैयाँ) र २५६ जीबी इन्टर्नल स्टोरेज भएको आईफोन १५ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर (करिब एक लाख ५८ हजार रुपैयाँ) तोकिएको छ ।

प्रकाशित मिति: २०८०,भाद्र,२७,बुधबार १४:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा. लि. ले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी

काठमाडौं । नेपाल टेलिकमले चाडपर्व अफर सार्वजनिक गरेको छ । टेलिकमले यही असोज १ गते मनाइने तीज तथा असोज ३

नेपालको अग्रणी भुक्तानी प्रदायक संस्था इसेवा प्रा लि र नागरिक लगानी कोषबीच सेवा बिस्तार बारे सोमबार एक सम्झौता सम्पन्न भएको

काठमाडौं । ब्राण्ड डाइरेक्टरीले हरेक वर्ष विश्वव्यापी रूपमा शीर्ष ५००० कम्पनीहरूको प्रदर्शन मूल्याङ्कन गर्दछ । सोहि ब्राण्ड डाइरेक्टरीद्वारा तयार पारिएको

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०