नेम्वाङका दुवै छोरा काठमाडौं आइपुगे, भोलि ११ बजे दाहसंस्कार गरिने

लोकपथ
763
Shares

काठमाडौं । स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङका दुवै छोरा काठमाडौं आइपुगेका छन् । बुबाको अन्तिम संस्कारगर्न हिजो अष्ट्रेलियाबाट कान्छा छोरा र बेलायतबाट जेठा छोरा आज काठमाडौं आइपुगेका हुन् ।

स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । दुवै छोराले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेम्वाङको दाहसंस्कार भने भोलिमात्र हुने भएको छ । हिन्दू र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि ११ बजे दाहसंस्कार हुनेछ ।

सरकारले नेम्वाङको राजकीयसम्मानका लागि अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?