काठमाडौं । सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दामा १५ महिनापछि फैसला भएको छ ।
जिल्ला अदालत ललितपुरका तीन नम्बर न्यायाधीश धनसिंह महराले मुद्दाको फैसला गर्दै बलात्कारकाण्डका तीनै अभियुक्तलाई १० वर्ष जेल सजायको फैसला सुनाएका हुन् ।
त्यसैगरी ज्यान मार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालबाट फैसला भएको छ । तीनै अभियुक्तले बलात्कार, ज्यान मार्ने उद्योग तथा चोरी कसुर गरेको ठहर भएपछि दश वर्ष जेल सजाय भएको हो।
गत मंसिर २ गते प्रहरीले बलात्कार घटनामा संलग्न गोदावरी नगरपालिका– १ का ३२ वर्षीय रघु सिलवाल, २० वर्षीय पवन कुँवर र विशालध्वज कार्कीलाई पक्राउ गरेको थियो ।
बलात्कार भएको केहि दिनमा किटानी जाहेरी दिँदा पक्राउ गरीएपनि जिल्ला अदालत ललितपुरले प्रमाण नपुगेको भन्दै न्यायधिस पुस २६ गते बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारेखमा रिहा गरेको थियो ।
तस्वीरः नेपाल प्रहरी
यो पनि पढ्नुहोसः
गोदामचौर बलात्कारः पीडितको सनसनीपूर्ण खुलासा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया