राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गर्ने

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्याको विरोधसहित आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजीलगायतको माग राखेर काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

राप्रपा पार्टी कार्यलयका अनुसार आज मध्याह्न १२ बजे भृकुटीमण्डपबाट प्रदर्शन सुरु हुनेछ ।

राप्रपाले गौ हत्या बढे पछि विरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?