वाइडबडी खरिद प्रक्रियामा मन्त्री अधिकारी निर्दोष रहेको प्रधानमन्त्री ओलीको भनाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रविन्द्र अधिकारी वाइडबडी खरिद प्रक्रियामा निर्दोष रहेको बताएका छन् ।

हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वाइडबडीबारे सो कुरा बताएका हुन् ।

वाइडबडीबारे रविन्द्र अधिकारीलाई आरोप लगाउनु दुःखद भएको प्रधानमन्त्री ओलीले बताए । 

अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको उनले बताए । दुर्घटनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एकजना हस्ती भएको प्रधानमन्त्री ओलीले बताए ।

नेकपा संसदीय दलको बैठकले दुर्घटनामा निधन भएकाहरुप्रति शोक प्रस्ताव पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?