आज तय भएको प्रतिनिधिसभा बैठक स्थगित

लोकपथ
0
Shares

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण आज बुधबारका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजे अर्को बैठक तोकेको जानकारी दिए ।

नेम्वाङको मंगलबार राति हृदयघातका कारण निधन भएको थियो । उनको बिहीबार नै अन्तिम संस्कार गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?