रोयल इनफिल्डको अत्याधुनिक शोरुम अब टेकुमा पनि

लोकपथ
325
Shares

रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले टेकुमा अत्याधुनिक शोरुम निर्माण गरि आजबाट संचालनमा ल्याएको छ। अल्फा अटोमोटिभ प्रा. लि. ले काठमाडौँको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै पनि अत्याधुनिक दुइ वटा शोरुम संचालन गरिरहेको छ । रोयल इनफिल्ड मोटरसाइकल शोरुम “वाइकर्स होमको” अवधारणामा निर्माण गरिएको छ।शोरुमबाट बाइक,राइडिंग गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्रि तथा बिक्रि पछिको सेवाको ब्यवस्था गरिएको छ।
रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ।


अल्फा अटोमोटिभ प्रा. लि. ले आफ्नो एवं डिलर समेत गरि कम्पनी मापदण्डका हाल १८ वटा (टेकु, नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान , इटहरी, बिर्तामोड, दमक, टाडी, सुर्खेत, भक्तपुर, राजविराज, जनकपुर, हेटौडा, नारायणगढ, दाङ र नेपालगंज ) शोरुम संचालन गरिरहेको छ भने थप ३ वटा (बीरगंज, बिराटनगर र धनगडी ) संचालनमा ल्याएर कुल २१ वटा शोरुमबाट बाइक बिक्रि, गियर एवं जेनविन एसेसरिज, स्पेयर पार्ट्स र सर्भिसिङ्ग लगाएतका सेवा प्रदान गर्नेछ।
अल्फा अटोमोटिभ प्रा. लि. त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी हो।त्रिवेणी ग्रुपले उत्पादनमुलक उधोग ब्यवसाय, बैंकिंङ, बिमा, एवं सर्भिस सेक्टरमा कार्य गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?