१३ आश्विन २०८०, शनिवार

इसेवा र नागरिक लगानी कोषबीच सेवा बिस्तार सम्बन्धी सम्झौता

२०८०,भाद्र,२६,मंगलवार २१:४६

126
Shares

नेपालको अग्रणी भुक्तानी प्रदायक संस्था इसेवा प्रा लि र नागरिक लगानी कोषबीच सेवा बिस्तार बारे सोमबार एक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नागरिक लगानी कोषका सेवाग्राहीहरुले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजनाको मासिक भुक्तानी तथा सबै कर्जा को भुक्तानी सजिलै गर्न सक्नेछन् । सो सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का तथा नागरिक लगानी कोषका तर्फबाट निर्देशक सी ए शोभा श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

हाल ८० लाख प्रयोगकर्ता रहेको इसेवा र नागरिक लगानी कोषको यो सहकार्यले नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई टेवा दिदै बिध्युतीय भुक्तानीलाई अभिप्रेरित गर्ने विश्वास लिइएको छ । हाल एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत ८० लाख बढि ग्राहकले इसेवाको सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका २ लाख १५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, लोक सेवा आयोग को आबेदन दस्तुर , आन्तरिक राजश्व कार्यालयको राजश्व, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

प्रकाशित मिति: २०८०,भाद्र,२६,मंगलवार २१:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा. लि. ले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी

काठमाडौं । नेपाल टेलिकमले चाडपर्व अफर सार्वजनिक गरेको छ । टेलिकमले यही असोज १ गते मनाइने तीज तथा असोज ३

काठमाडाैं । एप्पलले आफ्नो बहुप्रतिक्षित आईफोन १५ सिरिज सार्वजनिक गरेको छ । मंगलवार राति एप्पलले आईफोन १५ सिरिज सर्वजनिक गरेको

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आइतबार आन्तरिक ऋणको रुपमा

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०