टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल अब दराज मा उपलब्ध

लोकपथ
169
Shares

टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बित्रेता सिप्रदी अटोपार्टस प्रा. लि. र  दराज बिच सहर्काय गर्ने सम्झौता भएको छ र  दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल उपलब्ध हुन थालेको छ ।
काठमाण्डौ स्थित हायात प्यालेस होटेलमा आयोजित एक कार्यक्रममा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख श्री राकेश मित्तलको प्रमुख उपस्थिती र काठमाण्डौ उपत्यका भिक्रका खुद्रा बित्रेताहरु अनि देशभरका टाटा गुरुहरुको उपि्स्थतिमा सिप्रदी अटोपार्टस् प्रा. लि. का सिनियर जेनरल म्यानेजर श्री युवराज बुढराथोकी र दराजका व्यापार अधिग्रहण तथा आवरण प्रमुख श्री नबिन रानामगर बिच सहमति र सहकार्य को सम्झौता भएको हो ।
अब टाटा मोटर्सका ग्राहकहरुले छिटो छरितो र सहज रुपमा टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सक्नेछन । यसबाट ग्राहकवर्गहरु नक्कली पार्टपुर्जाबाट ठगिन पर्ने अवस्था रहने छैन र उचित मुल्यमा जेन्युइन पाटसहरु प्राप्त गर्न सक्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?