६० किलो सुन तस्करीको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने सीआइबीको तयारी

लोकपथ
49
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ ।

प्रतिवेदन आज वा भोलिमा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए। सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी हिरासतमा छन् ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको अपरेशनका क्रममा हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको थियो ।

ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम सुन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?