पार्टीको झण्डा ओडाएर ओलीले गरे नेम्वाङको बिदाई, च्यासलमा भीडभाड (तस्बिरसहित)

लोकपथ
117
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

अन्तिम श्रद्धाञ्जलीका लागि अहिले एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको शव राखिएको छ ।
उनको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गर्न अहिले च्यासलमा नेता कार्यकर्तादेखि सर्वसाधारणको समेत भीड लागेको छ ।

त्यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समेत च्यासल पुगेर नेम्वाङको शरिरमा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।

गएराति हृदयघातका कारण नेम्वाङको निधन भएको हो । राति बालुवाटारस्थित निवासको बाथरुममा लडेको अवस्थामा भेटिएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो ।

उनका छोराहरु बेलायत र अष्ट्रेलियाबाट आउँदै भएकाले आज र भोलि पार्टी कार्यालय च्यासलमा राखिन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?