काठमाडौं महानगर–१६ को कार्यबाहक अध्यक्षको जिम्मेवारी महर्जनलाई

लोकपथ
231
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ ।

सोमबार बसेको काठमाडौं महानगरपालिका प्रमुखस्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष शिफारिस गर्ने निर्णय भएको थियो ।

वडाका अध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?