जुवातास खेलिरहेका तीन जना पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-१२ भोटेवहालको एक होटलबाट जुवातास खेलिरहेका ३ जना पक्राउ परेका छन् ।

काठमाडौं छाउनी बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका ३५ वर्षीय हिक्मत थापाको होटल रोटोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं टेकु बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका २२ वर्षीय लक्ष्मीराम रोकाया समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार २ सय रुपैयाँ र १६ बुक ताससहित पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?