समाजवादी मोर्चाद्वारा नेम्वाङको निधनप्रति शोक व्यक्त

लोकपथ
28
Shares

काठमाडौं । समाजवादी मोर्चा नेपालले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, इलाम क्षेत्र न. २ का प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।

मंगलबार मोर्चाका संयोजक पूर्व प्रधानमन्त्री माधब कुमार नेपालद्वारा शोक वक्तव्य जारी गर्दै नेम्वाङको असामयिक निधनले स्तब्ध बनाएको भन्दै दुःख व्यक्त गरेका  छन् ।

संविधान सभाबाट संविधान निर्माण गर्न, नेपाली क्रान्तिका उपलब्धिलाई संस्थागत गर्न तथा नेपालको शान्ति प्रक्रियालाई अघि बढाउन उनले खेलेको भूमिका उल्लेखनीय रहेको मोर्चाको भनाई छ ।

उनले भनेका छन् ‘राष्ट्रको लागि उहाँको अमूल्य योगदानको उच्च सम्मान गर्दै दुःखको यस घडिमा उहाँप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दर्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?