काठमाडौं । संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।
केहीबेरअघि उनको पार्थिव शरिर च्यासलमा राखिएको छ ।
गएराति हृदयघातका कारण नेम्वाङको निधन भएको हो । राति बालुवाटारस्थित निवासको बाथरुममा लडेको अवस्थामा भेटिएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । अस्पतालले मृत घोषणा गरेसँगै श्रद्धाञ्जलीका लागि अस्पतालमै नेता कार्यकर्ता तथा सर्वसाधारणको समेत भीड लागेको थियो ।
उनका छोराहरु बेलायत र अष्ट्रेलियाबाट आउँदै भएकाले आज र भोलि पार्टी कार्यालय च्यासलमा राखिन लागिएको हो ।
अहिले पार्टी कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि नेता कार्यकर्ता तथा सर्वसाधारणको भीड लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया