चिनियाँ विज्ञ टोली नेपाल आउँदै, पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्ने

काठमाडौं । नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न चाईना जिओलोजिकल सर्भेको विज्ञ टोली नेपाल आउने भएको छ । 

बिहीवार बेइजिङमा बसेको नेपाल चीनबीच बैठकले पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्बन्धी सम्झौता गरेको थियो । दुई देशबीच भएको सम्झौता अनुसार अबको एक महिनाभित्र चाईना जिओलीजिकल सर्भेको विज्ञ टोली नेपाल आउने भएको खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक रामप्रसाद घिमिरे जानकारी दिए । 

नेपालबाट गएको विभागका महानिर्देशक डा. सोमनाथ सापकोटा नेतृत्वको टोलीले चाईना जिओलोजिकल सर्भेसँग पेट्रोलियम खानी अन्वेषणको काम अघि बढाउन सम्झौता गरेका थिए ।

नेपाल आउने चिनियाँ विज्ञ टोलीले पाल्पा, दैलेख र सुर्खेतमा पेट्रोलियम खानीको अन्वेषण गर्नेछ । पेट्रोल अन्वेषण र उत्खनन् कार्यका लागि चाइना जिओलोजिकल सर्भे विश्वकै उत्कृष्ठ संस्था मानिन्छ ।
यसैगरी पेट्रोलियम खानी अन्वेषणका लागि एक करोड बजेट विनियोजन भएको विभागका उपमहानिर्देशक घिमिरेले जानकारी दिए । 

त्यस्तै खानी अन्वेषणका लागि नेपालले करिब ४ अर्ब लागत लाग्ने प्रस्ताव चीन पठाएको थियो भने चीन सरकारले अनुदान वापत २ अर्ब २० करोड छुट्याएको घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?