काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठक शुरु भएको छ ।
केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्न बसेको हो ।
आजको बैठकमा संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मान दिनेबारे निर्णय हुने बताइएको छ ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ । केहीबेरमा उनको शव एमाले पार्टी कार्यालय च्यासलमा राख्ने तयारी गरिएको छ । उनका दुई छोरा विदेशबाट आउने भएकाले आज दिनभरि च्यासलमा राखिने तयारी गरिएको हो ।
नेम्वाङ नेपाली राजनीतिको शालिन नेताको रुपमा परिचित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया