संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख

लोकपथ
21
Shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन् ।

संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक वक्तव्य जारी गर्दै घिमिरेले यस्तो बताएका हुन् ।

‘उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ । प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु’, उनको वक्तव्यमा भनिएको छ ।

यस दुःखको घडीमा घिमिरेले नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उनको परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?