सुवास नेम्वाङको निधनपछि प्रधानमन्त्री र एमाले अध्यक्ष अस्पतलमा

लोकपथ
35
Shares

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको गएराति हृदयघातका कारण निधन भएको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।
बालुवाटारस्थित निवासमा हृदयघात भएपछि उनलाई अस्पताल लगिएपनि त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।

उनको मृत्युको खबरपछि प्रधानमन्त्री र एमाले अध्यक्ष अस्पताल पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?