१३ आश्विन २०८०, शनिवार

एमाले उपाध्यक्ष एवम् पूर्व सभामुख नेम्वाङको निधन

२०८०,भाद्र,२६,मंगलवार ०४:५०

2.673k
Shares

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको छ । नेम्वाङको हृदयघातबाट मंगलबार बिहान साढे १ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पु¥याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको जनाइएकोे छ ।
यतिबेला अस्पतालमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु अस्पतालमा उपस्थित भएका छन् ।

नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

२०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत हुन् ।

प्रकाशित मिति: २०८०,भाद्र,२६,मंगलवार ०४:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व बागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काले भ्रष्टाचारका चाङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरू हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारको

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०