माधव नेपालको ठाउँमा ओली महासचिव भएको भए गणतन्त्र आउने थिएन : प्रधानमन्त्री

लोकपथ
70
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली तत्कालीन महासचिव भएको भए जनयुद्ध र जनआन्दोलन नहुने जिकिर गरेका छन् ।

आइतबार समाजवादी मोर्चाले हेटौंडामा गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन अवस्थामा माधव नेपालको ठाउँमा ओली महासचिव भएको भए व्यवस्था परिवर्तन नहुने जिकिर गरेका हुन् ।

‘म अहिले स्मरण गर्न चाहन्छु । तत्कालीन अवस्थामा एमालेको महासचिव केपी ओली भएको भए जनआन्दोलन र गणतन्त्र स्थापना हुने थिएन । त्यतिबेला माओवादीले संघीयता, गणतन्त्र ल्याउन सशस्त्र युद्ध गर्‍यो । कांग्रेसबाट गिरिजाप्रसादले जनआन्दोलनको नेतृत्व गर्नुभयो । माधवजीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहयोग गर्नुभयो । उनले भने,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?