काठमाडौं । ललिता निवास जग्गा प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो ।
न्यायाधीशले आइतबार दिँउसो ४ बजेसम्ममा आदेश सुनाउने बताउँदै इजलास टुंग्याएका छन् । ललिता निवास प्रकरणमा १८ जना थुनामा रहेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया