काठमाडौं । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनमा मृत्यु भएका ७ जना मध्ये पर्यटनमन्त्री रवीन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै पहिचान भएको छ ।
बुधवार दिउँसो ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको थियो ।
सो दुर्घटनामा सातै जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये ५ जनाको शव पहिचान गर्न कठिनाइ भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै पहिचान भएको हो ।
होलिकोप्टरमा दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
होलिकोप्टरमा दुर्घटनामा निधन भएका ७ जनाकै शव ताप्लेजुङको सुकेटार विमानस्थलबाट बिहीवार दिउँसो सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ती शवहरु काठमाडौं ल्याइएको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकाल बताए ।
विमानस्थलबाट सिधै शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोस्टमार्टमका लागि लगिएको थियो । दुर्घटनामा मृत्यु हुनेको व्यक्तिहरुको परिवारका सदस्य पनि अस्पतालमा उपस्थित भएका छन् ।
यद्यपी अब परिवारको सदस्यले पनि शवको पहिचान गर्न नसकेको अवस्था भए शवको पहिचानका लागि अन्तिम विकल्प डीएनए परीक्षण मात्रै रहेनछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया