बर्दिया । बर्दियामा एक महिला माथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँसगढी नगरपालिका वडा नं ९ बस्ने ३९ बर्षिय शेर बहादुर खड्का रहेका छन् । ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पीडित महिलालाई आरोपितले बारबर्दिया ०४ सिटी बरेलीमा गत भदौ २० गते राती २ बजे बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिए पछि पीडक खड्कालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको डीएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया