१२ आश्विन २०८०, शुक्रवार

कोशीका प्रदेश प्रमुखले ल्याए दुई अध्यादेश, हट्यो बजेट शुन्यताको अवस्था

२०८०,भाद्र,२४,आईतवार ११:२९

63
Shares

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन विधेयक २०८० जारी गरेका छन् ।

कोशी प्रदेश सरकारको प्रस्तावमा प्रदेश प्रमुख खापुङले २ अध्यादेश जारी गरेसँगै भदौ १० देखीको बजेट शुन्यता आजबाट हटेको हो ।

आइतबार प्रदेश प्रमुख खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेका हुन् ।

माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका कार्कीले जेठ ३२ गते अध्यादेशबाट वार्षिक आयब्याय प्रस्तुत गरेका थिए । कार्कीले अध्यादेशबाट ३६अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका थिए । उक्त बजेट भदौ १० गतेबाट निष्क्रिय भएको थियो ।

गत असार १४ गते प्रदेश सभामा उक्त अध्यादेश टेबुल भए पनि ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याइसक्नुपर्ने संवैधानिक प्रावधान कार्यान्वयन हुन नसक्दा बजेट शुुन्यतामा गएको थियो । त्यसबीचमा कोशीमा विभिन्न चरणमा सरकार बन्दै र भत्किँदै गरेको अवस्थाले बजेट आउन सकेको थिएन ।

शुक्रबार सर्वोच्च अदालतको परमादेशसँगै कार्की पुुनः मुख्यमन्त्री नियुक्त भएसँगै अध्यादेशमार्फत बजेट ल्याइएको हो ।

प्रकाशित मिति: २०८०,भाद्र,२४,आईतवार ११:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको छेन्दु पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको विदेश भ्रमणबारे टिप्पणी गरेका छन् । नेकपा एमाले कोशी प्रदेशको उद्घाटनका

काठमाडौं । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, वंशाणुगत रोगहरु नियन्त्रणका लागि पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका छन्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

ताजा समाचार

छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड
 २०८०,आश्विन,१२,शुक्रवार १३:५४
नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७