बलात्कार आरोपमा दुई जना पक्राउ

लोकपथ
70
Shares

काठमाडौं । प्रहरीले बलात्कार आरोपमा कञ्चनपुर र झापाबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कञ्चनपुर, बेलौरी नगरपालिका–२ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरी रहेका छन् ।

३५ वर्षीया महिलालाई चौधरीले भदौ २० गते राति पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी झापा, कनकाई नगरपालिका–३ सुरूङ्गा बस्ने २३ वर्षीय महमद कमाललाई प्रहरीले पक्राउ गरेको छ ।

२२ वर्षीया महिलालाई विवाह गर्ने आश्वसन देखाई अर्जुनधारा नगरपालिका–११ स्थित सालबाडी जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?