हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका मन्त्री अधिकारीसहित ७ जनाको शव काठमाडौंमा

ताप्लेजुङ । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव बोकेर ताप्लेजुङबाट सेनाको हेलिकप्टर काठमाडौं आइपुगेको छ । 

सुकेटार विमानस्थलबाट सवैको शव बोकेर सेनाको हेलिकोप्टरमा राखेर काठमाडौं ल्याइएको हो ।

पाथीभरा मन्दिर दर्शन गरेर फर्कनेक्रममा ताप्लेजुङ्गको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा बुधवार दिउँसो भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो । 
दुर्घटनामा मृत्यु भएकाहरुको शव बिहीवार बिहान सुकेटार विमानस्थल ल्याइएको थियो । 

बुधवार दिउँसैदेखि पानी परेर मौसम खराब भएपछि शव संकल गर्न समस्या भएको थियो । 

बिहीवार बिहान मात्रै घटनास्थलबाट सुकेटार विमानस्थलमा शव ल्याइएको थियो ।

गएरातिदेखि सुकेटार विमानस्थलमा हिमपात हुन शुरुभएपछि बिहीवार बिहानसम्म शव काठमाडौं पठाउन सकिएको थिएन । 

मध्यान्ह मौसममा केही सुधार आएपछि सेनाको हेलिकप्टरमा शव राखेर काठमाडौं पठाइएको छ । शव काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ । 

त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने र आजै मन्त्री अधिकारी शव गृहजिल्ला कास्की लगिने छ । मन्त्री अधिकारीको अन्त्यष्टि शुक्रवार मात्रै हुने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?