राप्रपाको राष्ट्रिय स्वाभिमान मेची महाकाली यात्रा, आज बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज झापाको बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ । 

बुधवारदेखि ताप्लेजुङ सदरमुकाम फुङलीनबाट शुरु गरेको राष्ट्रिय स्वाभिमान मेची महाकाली यात्रामा रहेको राप्रपाले आज (बिहीवार) झापाको बिर्तामोडमा शक्ति प्रदर्शन गर्न लागेको हो । 

धर्म निरपेक्षताको खारेजी र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय स्वाभिमान मेची महाकाली यात्रा राप्रपाले शुरु गरेको हो ।  

पाँचथर र इलामको सीमा राँके, इलाम सदरमुकाम, फिक्कल लगायत क्षेत्रमा कार्यक्रम गरी दिउँसो २ बजे बिर्तामोडमा प्रदर्शन गर्ने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । झापाको सुरुङ्गा र दमक पनि सभा गर्ने श्रेष्ठले बताए ।

राजसंस्था सहितको सबै शक्तिहरु अटाउने, नेपाली संस्कृतिको मौलिक प्रजातन्त्र कायम गर्न गोलमेच सम्मेलनको माग गर्दै राप्रपाले शुरु गरेको मेची महाकाली यात्रा फागुन ३० गते काठमाडौंमा सकिने छ । 

आफूहरुले उठाएका माग सम्बोधनका लागि सरकारलाई २२ बुँदे माग अघि सारेको राप्रपाले अभियानका क्रममा ३६ जिल्लामा १ सय भन्दा बढी स्थानमा सभाको आयोजना गर्ने जनाएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?