१३ आश्विन २०८०, शनिवार

झन झन कमजोर बन्दै नेप्से, कारोबार दिन देखि नै ओरालो यात्रा सुरु

२०८०,भाद्र,२३,शनिवार १०:४०

36
Shares

काठमाडौं । नेप्से झन् झ्न कमजोर बन्दै गएको छ । नेप्सेको साप्ताहिक कारोबारको बिश्लेषण गर्दा साताको सुरुवाती कारोबार दिन देखि नैं नेप्सेको ओरालो यात्रा सुरु भएको थियो । यो यात्राले अन्तिम कारोबार दिनसम्म पनि निरन्तरता पायो । यसबिचमा दोस्रो दिन केही सम्हालिएको नेप्से त्यसपछि पुन घट्न थाल्यो । जसले गर्दा नेप्से यो साता १९ सय ३२ दशमलव ४५ अंकमा खुम्चिन पुग्यो । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७१ दशमलव ५८ अंकमा खुम्चिन पुग्यो । नेप्सेको यही खुम्चाईएकाकारण यो साता नेप्से सुचक संगै कारोबार रकममा पनि गिरावट आयो ।

सातामा दुुई सय ७७ वटा कम्पनीहरुको एक लाख २६ हजार आठ सय ४० पटक मात्र सेयर किनबेच भयो । जसबाट सातामा एक करोड ३७ लाख ३५ हजार पाँच सय ९७ कित्ता शेयर खरिद–बिक्री हुुंदा कुल कारोबार रकम चार अर्ब २३ करोड ३४ लाख ४९ हजार एक सय २३ रुपैंयाँ कायम रह्यो । यो कारोबार रकम गत साताकै हाराहारीमा हो । गत साता चार अर्ब २४ करोड ६५ लाख २४ हजार नौं सय ३२ रुपैंयाँको सेयर किनबेच भएको थियो । उक्त साता दुुई सय ८० वटा कम्पनीहरुको एक लाख ३२ हजार दुई सय तीन पटकको कारोबारमा एक करोड ५३ लाख ६५ हजार नौं सय ५० कित्ता शेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

नेप्सेको नियमित कारोबार कक्ष यो साता चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो र पाँचौं दिन घटेको नेप्से दोस्रो दिन भने बढेको थियो । चौंथो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन २९ दशमलव ८१ अंकले घटेर १९ सय ६० दशमलव ७८ अंकमा खुम्चिएको नेप्से दोस्रो दिन भने सात दशमलव शुन्य चार अंकले बढेर १९ सय ६७ दशमलव ८३ अंकमा चढ्न सफल भएको थियो । तेस्रो दिन छ दशमलव ४५ अंकले घटेर १९ सय ६१ दशमलव ३७ अंकमा सिमित भएको नेप्से पाँचौं दिन पुन २८ दशमलव ९२ अंकले घटेर १९ सय ३२ दशमलव ४५ अंकमा खुम्चिन पुगेको थियो ।

यसैगरी पहिलो दिन पाँच दशमलव शुन्य नौं अंकले घटेर तीन सय ७६ दशमलव ६२ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन एक दशमलव शुन्य नौं अंकले बढेर तीन सय ७७ दशमलव ७१ अंकमा चढ्न सफल भएको थियो । तेस्रो दिन शुन्य दशमलव ४७ अंकले घटेर तीन सय ७७ दशमलव २४ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन पुन पाँच दशमलव ६५ अंकले घटेर तीन सय ७१ दशमलव ५८ अंकमा खुम्चिन पुगेको थियो ।

यो साता हिमालयन डिष्ट्रिलरी प्राली, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

प्रकाशित मिति: २०८०,भाद्र,२३,शनिवार १०:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारीको ‘सर्वाइवल नोट’ नामक कवितासंग्रह लोकार्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा डा.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व बागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काले भ्रष्टाचारका चाङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरू हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०