काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभँेडा सानो प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभँेडा पनि ४०,काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४८, भारतीय सुकेको प्याज,७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।
बजारमा आज गाजर प्रतिकेजी १३०,मूला रातो १००, घिउ सिमी लोकल ७०,भन्टा लाम्चो ५०,मकै बोडी ९०, भटमासकोशा १००,तितो करेला ८०,लौका ४०, परवल लोकल ५०, हरियो फर्सी ५०, घिरांैला ३० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३००, कन्य च्याउ १८०, कुरीलो ४५०,ब्रोकाउली २५०, भिण्डी ५०, रायो साग १००,तोरीको साग ५०, हरियो प्याज १८०,काँक्रो लोकल ७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ ।
फफूलमा आज केरा दर्जनको १४०, फूजी स्याउ ३२०, अनार ३००, अंगुर कालो ४५०, तरबुजा ६०, मौसम १५०, लोकल नासपाती ७०, भारतीय मेवा ८०, आभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया