१५ औं महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हट्छ : गगन थापा

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाइले भाउजूलाई टिकट दिने परिपाटी १५ औं महाधिवेशनबाट हटाउने बताएका छन् ।

सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ८ लाख सदस्य भएका कांग्रेस अहिले शिथिल बन्न थालेको बताएका हुन् ।

‘तपाईंहरुलाई वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ। तर, त्यही वडाको अध्यक्षको उम्मेदवार छान्नुपर्यो भने चाहिँ तपाईंको अधिकार खोसिएर त्योभन्दा माथि जान्छ । म महामन्त्री भएकाले अहिले टिकट बाँडेको नजिकबाट हेरें। पहिलो पटक म त्यहाँ सम्मिलित भएँ । तपाईंले सबै अधिकार दाइलाई दिनु भयो भने दाइले टिकट भाउजूलाई दिन्छन् । सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ। दाइलाई टिकट भाइजूलाई दिन्छ । त्यसैले दाईले भाउजूलाई टिकट नदिने अवस्था कसरी बनाउने रु भोलि अर्को दाईले भाउजूलाई देला । कुनै एउटा दाईको कुरा मात्रै होइन । १५ औँ महाधिवेशनबाट यो परिपार्टी बदल्नुपर्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?