काठमाडौं । नेपाली कांग्रेस निकट युवा संगठन, नेपाल तरुण दलले, सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ ।
शुक्रबार रत्नपार्कमा भेला भएर, तरुण दलका नेता कार्यकर्ताले आक्रमणको विरोधमा प्रर्दशन गरेका हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका प्रदर्शनकारीले आक्रमण नियोजित भएको आरोपसमेत लगाएका छन् ।
प्रर्दशनमा सहभागिले ‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’, ‘पक्षपाती प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नाराबाजी गरेका थिए ।
हेर्नुहोस् तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया